धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ सँग भेटघाट गरेका छन । मुख्यमन्त्रीले शनिबार प्रदेश प्रमुख मियाँको निवासमा भेटघाट गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा भेटमा सुनसरी र सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव यस प्रदेशमा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख मिँयालाई मनसुनबाट सिर्जना हुनसक्ने विपद् व्यवस्थापनका लागि पूर्वतयारी अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे मुख्यमन्त्री शाहले जानकारी गराएका थिए ।
भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था र विकासका सन्दर्भमा पनि आपसी छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

















