खाेज्नुहाेस

फ्याटी लिभरको समस्यालाई कसरी नियन्त्रण गर्ने ?

Image

कलेजोमा बोसो जम्ने समस्या अर्थात् ‘फ्याटी लिभर’ पछिल्लो समय बढ्दो क्रममा छ । जीवनशैलीमा आएको परिवर्तन, मद्यपान, मधुमेह (सुगर), र उच्च रक्तचाप (प्रेसर) लगायतका कारणले फ्याटी लिभरको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

फ्याटी लिभरले विभिन्न चरणहरू पार गर्दै जाँदा कलेजो फेलसम्मको अवस्था आउन सक्ने भएकाले समयमा नै यसको पहिचान तथा नियन्त्रण गर्न आवश्यक रहेको कलेजो रोग विशेषज्ञ डा. पुकार थापा बताउँछन् । उनका अनुसार कतिपय अवस्थामा हाम्रो गलत खानपानले पनि कलेजोलाई गम्भीर असर गरिरहेको हुन्छ ।

attariya hospital

फ्याटी लिभरको समस्या नियन्त्रण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ :

१. खानपान र आहार

navjiwan hospital

मद्यपानको पूर्ण त्याग : रक्सीको सेवनले कलेजोमा सीधा असर गर्ने भएकाले यसको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
चिनी र मैदाजन्य खानेकुरा बार्ने : कोल्ड ड्रिंक्स, आइसक्रिम, चिनी, बिस्कुट, र मैदाबाट बनेका परिकारहरू खान बन्द गर्नुपर्छ ।
हरियो सागसब्जी र फलफूल : आफ्नो दैनिक आहारमा हरियो सागसब्जी, ताजा फलफूल, फाइबरयुक्त खाना, र ओट्स समावेश गर्नुपर्छ ।
स्वस्थ पेय पदार्थ : बिहान खाली पेटमा मनतातो पानी, ग्रिन टी, वा ब्ल्याक कफीको सेवन कलेजोको बोसो घटाउन निकै उपयोगी मानिन्छ ।

२. जीवनशैली र व्यायाम

तौल नियन्त्रण : यदि तपाईंको तौल बढी छ भने शरीरको कुल तौलको कम्तीमा ५ देखि १० प्रतिशतसम्म तौल घटाउनुपर्छ ।
नियमित व्यायाम : दैनिक कम्तीमा ३० देखि ४० मिनेटसम्म छिटो–छिटो हिँड्ने (द्यचष्कप ध्बपिष्लन), दौडिने, वा साइक्लिङ गर्ने जस्ता व्यायाम गर्नुपर्छ ।

३. स्वास्थ्य परीक्षण र औषधि व्यवस्थापन

दीर्घ रोग नियन्त्रण : यदि तपाईंलाई मधुमेह वा उच्च कोलेस्ट्रोलको समस्या छ भने नियमित औषधि सेवन गरी तिनलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ ।
चिकित्सकको सल्लाह : चिकित्सकको परामर्शविना कुनै पनि दुखाइ कम गर्ने औषधि वा जथाभाबी अन्य औषधिको प्रयोग गर्नुहुँदैन ।