बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार दिउँसो चैनपुरस्थित खुल्लामञ्च निवासी ३२ वर्षीय प्रकाश विकको घरको कोठामा छापा मार्दा उनीसहित ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ५३ हजार ९९० रुपैयाँ नगद, खुला तास ९ गड्डी र नखोलिएको तास १ बन्डल बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


















