खाेज्नुहाेस

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक सुरु

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेशको बदलिएको सत्ता समीकरण, चालु आर्थिक वर्षको बजेट र आगामी राजनीतिक रणनीतिबारे गहन छलफल भइरहेको छ ।

navjiwan hospital

मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरेपछि प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ । त्यसको लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

attariya hospital

अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यका लागि प्रस्ताव अघि सारेका छन् । उनले चालु आर्थिक वर्षको बजेट पारित गर्न सहयोग गर्न आग्रह गर्दै त्यसपछि सरकारमा सहकार्य गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

तर, उक्त प्रस्तावलाई नेकपाले तत्काल स्वीकार नगरेको बताइएको छ । यद्यपि दुवै पक्षका शीर्ष नेताबीच नयाँ सत्ता समीकरणको सम्भावनाबारे अनौपचारिक संवाद भने निरन्तर जारी रहेको छ ।