खाेज्नुहाेस

बजेट विवादका चर्किएपछि मुख्यमन्त्री शाहलाई काठमाण्डौं बोलाइयो

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्ता साझेदार दल भित्रै विवाद चर्किएपछि मुख्यमन्त्री कमल बहादुल शाहलाई काठमाण्डौं बोलाइएको छ ।

navjiwan hospital

बजेट विवादले सत्ता समीकरण नै प्रभावित हुने संकेत देखिएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री कमलबहादुर शाहलाई काठमाडौं बोलाएको हो । मुख्यमन्त्री शाह सोमबार काठमाडौं जाने तयारीमा छन् भने एमालेले पनि आफ्ना प्रदेश संसदीय दलका शीर्ष नेताहरूलाई संघीय राजधानी बोलाएको स्रोतले जनाएको छ ।

attariya hospital

आफ्नै सरकारद्वारा प्रस्तुत बजेटविरुद्ध नेकपा एमालेका छ जना प्रदेशसभा सदस्यले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि बजेट पारित हुने प्रक्रिया अनिश्चित बनेको हो ।

एमाले सांसदहरूले विभिन्न मन्त्रालयको बजेट एक रुपैयाँमा सीमित गर्ने प्रस्ताव दर्ता गरेका छन्, जसलाई सरकारको बजेट अस्वीकार गरेको संकेतका रूपमा हेरिएको छ ।