खाेज्नुहाेस

एमाले पुनर्गठनका लागि सुदूरपश्चिम प्रदेश स्तरीय भेला सुरु

Image

धनगढी – नेकपा एमालेको पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय भेला धनगढीमा सुरु भएको छ । शनिबार देखि सुरु भएको भेलामा सुदूरपश्चिम प्रदेशका एमालेका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ ।

भेलामा गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि सुझाव संकलन उद्देश्यले भेला आयोजना गरिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ पनि भेलामा सहभागी छन् ।

यसअघि कार्यदलले कोशी र लुम्बिनी प्रदेशमा यस्तै भेला आयोजना गरिसकेको छ । ती भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड दिएका थिए । एमालेले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा भेला सुरु गरिएको हो ।

प्रदेशस्तरीय भेलाबाट संकलन भएका सुझावका आधारमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरिने जनाइएको छ ।