खाेज्नुहाेस

धनगढीमा रास्वपा नेता सिंहमाथि कुटपिट, एक पक्राउ

Image

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहमाथि कैलालीको धनगढीमा कुटपिट भएको छ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि योजनाबद्ध रूपमा आक्रमण भएको सिंहले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार राति ७–८ जनाको समूहले आफूलाई सांघातिक आक्रमण गर्नुका साथै साथमा रहेका सामानसमेत लुटेर लगेको दाबी गरेका छन् ।

navjiwan hospital

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक राति करिब साढे १ बजेतिर सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो ।

attariya hospital

घटनामा संलग्न रहेको आरोपमा बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले खोजी कार्य जारी रहेको डीएसपी तिमिल्सिनाले बताए ।

कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।