कैलाली – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिक, वडा नम्बर ९ त्रिवेणीघाट तथा टिकापुर नगरपालिका–९ भयाभाडा क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ४१ हजार ४ सय ८० रुपैयाँ बराबरका सामान सोमबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला परेका कुर्ता–सुरुवाल, कुर्ती, माछा मार्ने जाल, सिद्रा माछा तथा विभिन्न किराना सामग्री बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको तथा थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जनाएको छ।


















