खाेज्नुहाेस

पक्राउ परेका सहकर्मीको रिहाइ माग्दै वन कर्मचारी आन्दोलित

Image

धनगढी – कैलालीको गोदावरी–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसेको घटनापछि पक्राउ परेका वन कर्मचारीहरूको रिहाइको माग गर्दै डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

navjiwan hospital

वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा भएको दुर्घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरी वरिष्ठ डिभिजनल वन अधिकृतसहित १२ जना कर्मचारीलाई पक्राउ गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । कर्मचारीहरूले क्षतिपूर्ति संवादमार्फत समाधान गरी पक्राउ परेकाहरूलाई तत्काल निःसर्त रिहा गर्न माग गरेका छन् ।

attariya hospital

सहकर्मी रिहा नभए वन कार्यालयका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।