खाेज्नुहाेस

बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा 

Image
प्रदीप मलासी, बझाङ – बझाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सोमवार स्वास्थ्य कार्यालय बझाङको समन्वय र जिल्ला पूर्ण खोप समन्वय समिति बझाङको आयोजनामा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको हो ।
attariya hospital
स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन गर्ने र प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्य कर्मीहरूको संलग्नतामा  घरधुरी सर्वेक्षणको रणनीति सहित सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम अन्तरगत यस वर्ष १५ महिना सम्मका २ हजार ८ सय ६६ बालबालिका मध्ये शून्य डोज ४ जना रहेकोमा २९ जना  बालबालिका ड्रप आउट रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।
उक्त तथ्याङ्क अनुसार १६ महिना देखि २३ महिना सम्मका १ हजार ९ सय ६६ जना बालबालिका रहेकामा ४ जना शून्य डोज र ४१ जना ड्रप आउट बालबालिका छन् भने २४ महिना देखि ५९÷महिना सम्मका ६ हजार ७ सय १५ जना बालबालिकाहरूमा  ७ जना शून्य डोज र ५९ जना ड्रप आउट बालबालिकाहरू रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
navjiwan hospital
जिल्लाको १ जिल्ला अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ४५ वटा स्वास्थ्य चौकी, ४४ वटा आधारभूत स्वास्थ्य केन्द्र २१ वटा सामुदायिक स्वास्थ्य  ५ वटा सहरी स्वास्थ्य क्लिनिक गरी १ सय १८ वटा जिल्ला भरिका स्वास्थ्य संस्थाबाट नियमित रूपमा खोप सेवा प्रवाह हुँदै आएको कार्यपत्र प्रस्तुत स्वास्थ्य कार्यालय बझाङका निमित्त प्रमुख भानु भक्त जोशी बताए । १ सय ५१ वटा खोप केन्द्रको स्थापना गरी प्रत्येक महिनाको ९ गते पहिलो चरण र २० गते दोस्रो गरी नियमित खोप सेवा प्रवाह गर्दै आएको छ ।
विश्वबाट बिफर उन्मुलन भई २०३४ सालमा राष्ट्रिय  खोप कार्यक्रम गर्ने नेपाल सरकारको प्रतिबद्धता अनुरूप हाल सरकारले १४ रोगका विरुद्धमा १४ खोप निःशुल्क दिने नेपाल सरकारले देश भरिका १६ हजार खोप केन्द्र वाट ७ खाल भन्दा बढी बालबालिकाहरूले खोप सेवा लिँदै आएका छन् ।
स्थानीय तह र सरोकारवालाहरूको अपनत्व र सहभागितामा नियमित  खोपको सुदृढीकरण एवं स्थानीय स्रोतको अधिकतम परिचालन गरी सबै बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिका अनुसारका खोपहरू उपलब्ध गराई खोपबाट बचाउन सकिने रोग लाग्ने दर अपाङ्गता दर, मृत्युदरमा कमी ल्याउने यस कार्यक्रमको मूलभूत लक्ष्य रहेको छ ।