खाेज्नुहाेस

बझाङमा आगलागी, घर जलेर नष्ट

Image
navjiwan hospital

बझाङ – जयपृथ्वी नगरपालिका–४ भिडमुनीमा बिहीबार दिउँसो भएको आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय विष्णुबहादुर खड्काको घरमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेर स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital