धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

उनले दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन ।

मंगलबार मात्रै शाहलाई दलको नेताबाट हटाउनका लागि कांग्रेसका नौ जना सांसदले संसदीय दलमा निवेदन दिएका थिए । बैठकको एजेण्डा भने खुलाइएको छैन ।



















