खाेज्नुहाेस

बजेटको मुखमै मुख्यमन्त्रीको पद धरापमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।

navjiwan hospital

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेर बजेट ल्याउने तयारी गरिरहेका बेला अविश्वासको प्रस्ताव दर्ता गरिएपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ । यद्यपि हस्ताक्षर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले हस्ताक्षर फिर्ता लिएकाले तत्काल प्रस्तावमा बहुमत नपुग्ने भनिए पनि प्रस्ताव नै फिर्ता भने भएको छैन ।

attariya hospital

प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये एक सांसद प्रकाश देउवा नेपाल बाहिर छन् । हाल सक्रिय रहेका १७ सांसदमध्ये ९ जना सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए अविश्वासको प्रस्तावमा दिवानसिंह विष्ट र डम्मरी महरा सहित गीता चौधरी, तुलसी देवकोटा, पदमबहादुर शाही, बेलबहादुर राना मगर, ललिता सुनार, मान बहादुर रावल र जुनाकुमारी दानीले हस्ताक्षर गरेका थिए ।

यसबिच मुख्यमन्त्री कमलबहादुर शाह भने संसदीय दललाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाए पनि दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरेका सांसद दिवानसिँह विष्टले भने आफू दलको नेताको चुनाव लड्ने बताएका छन् । हस्ताक्षर फिर्ताले नभएर संसदीय दलको विधानअनुसार नै विवाद निरुपण गर्नुपर्ने उनको भनाइ छ । उनले संसदीय दलको नेताको चुनावमा १७ मध्ये १५ जना सांसदले आफ्नो पक्षमा मत हाल्ने समेत दावी गरेका छन ।