खाेज्नुहाेस

नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग

Image

काठमाडौँ – नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस आपत्ति जनाएको छ।

navjiwan hospital

आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए।

attariya hospital

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैंले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

त्यसप्रति कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सदनलाई थप जानकारी दिन माग गरेकी हुन्।