धनगढी – कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएका सशस्त्रका तालिमरत जवानको होस् खुलेको छ । काठमाडौंमा उपचाररत ६ जनाको होस खुलेको हो ।
उनीहरुको नेपाल एपीएफ अस्पतालमा उपचार जारी छ ।

शुक्रबार टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा आठ जना बेहोस भएका थिए । जसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

तालिमका क्रममा बेहोस हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

















