अत्तरिया – कैलालीको भजनी नगरपालिका–५ प्रहरी चेकपोस्ट नजिकबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० लठैया बस्ने १९ वर्षीय आदित चौधरी रहेका छन् । उनलाई २ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका चौधरीलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी से २ प ७४१० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















