खाेज्नुहाेस

गोदावरी १२ मा लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ मा रहेको दुर्गा मावि कोल्मुडामा लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

बिहीबार गोदावरी नगरपालिका – १२ सँगको सहकार्यमा अत्तरिया मिडिया प्रालिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रहरी सहायक निरीक्षक केशव साउँद, शिक्षक केशव राज जोशी र गोपाल जोशीले प्रशिक्षण दिएका थिए ।

attariya hospital
navjiwan hospital

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गोदावरी नगरपालिका १२ का वडाध्यक्ष भीम बहादुर खड्काले देशभर विकराल समस्याका रूपमा रहेको लागू औषधबाट विद्यार्थीलाई जोगाउन वडा कार्यालय लागि परेको बताए ।

उनले लागू औषधको प्रशिक्षण लिएर विद्यार्थीहरूले समाजमा लागू औषध नियन्त्रणका लागि पनि भूमिका खेल्नुपर्ने बताए । ‘युवाहरू राम्रो भयो भने भोलि देशको भविष्य राम्रो हुन्छ’ उनले भने ‘अहिले ९/१० मा पढ्ने बालबालिका भोलि कलेज पढ्ने, विभिन्न पेसा, व्यवसायमा संलग्न हुने भएकाले अहिले देखि राम्रो बाटोमा हिँडे भोलिको भविष्य राम्रो हुन्छ ।’

दुर्गा माविका प्रधानाध्यापक नवीन कठायतले लागू औषधको कार्यक्रम अहिलेको समय सान्दर्भिक भएको बताए । उनले पछिल्लो समय समाज लागू औषधको दलदलमा फस्दै गएको बताए । उनले विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमामा लागू औषधको कार्यक्रम एकदमै आवश्यक रहेको बताए । कार्यक्रममा कक्षा ९ र १० का ४८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।