खाेज्नुहाेस

कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीमा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले “कर्मचारीलाई नाप नक्सा गर्न बाधा अवरोध गरेको” मुद्दामा ३ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–४ बस्ने धनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

त्यस्तै, सोही मुद्दामा १÷१ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–४ कै कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्रसिंह दानीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो ।