कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन ।

बुधबार बिहान दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल क्षेत्रमा शंकास्पद अवस्थामा रहेका भीमदत्त नगरपालिका–४ भगतपुर बस्ने विद्यान बिष्ट र सोही स्थानका सुमित चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट ४ ग्राम ६८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















