धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबिच शिष्टाचार भेट भएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजनाबीच भेट भएको हो । भेटमा मुख्यमन्त्री शाहले स्वीस सरकारले नेपालमा संघीय शासन प्रणाली सुदृढीकरण, रोजगारी सिर्जना, सीप विकास, सुरक्षित वैदेशिक रोजगार, कृषि बिकास, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन क्षेत्रमा प्राविधिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

यस्तै राजदूत डेनिएलले स्विट्जरल्याण्ड र नेपाल बीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव समारोह सन्दर्भमा जानकारी दिइन । उनले नेपालको बृहत्तर विकासका लागि स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन ।



















