डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला समन्वय समिति डडेल्धुराले समयावधि सकिएको हालको व्यवस्थापन समितिको कुनै पनि काम कार्य नगर्न नगराउन ज्ञापन पत्र बुझाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुधा देवकोटालाई बुझाइएको ज्ञापन पत्रमा अस्पताल व्यवस्थापन समितिको कामकाजको समयावधि ३ जेठदेखि समाप्त भएकाले अब उपरान्त नयाँ समिति नबनेसम्म व्यवस्थापन समितिका कुनै पनि काम कार्य नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्रमा रास्वपा जिल्ला सभापति सुरेन्द्र अवस्थीको हस्ताक्षर रहेको छ । ज्ञापन पत्र सोमबार मेसु डा. सुधा देवकोटाले बुझेकी थिइन । अस्पताल समितिका अध्यक्ष करुणाकर ओझाले भने आफ्नो कार्यकाल ३ असारसम्म रहेको बताएका छन् । ओझा २०८० जेठ ३ गते अस्पताल अध्यक्षमा नियुक्त भएका थिए ।



















