अत्तरिया – कैलालीको गोदावरी–२ मा रहेको अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । संस्थाले १८ १०–५०–००३८४ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । मा फोन गर्दा पैसा नलाग्ने संस्थाले जनाएको छ ।

उपभोक्ताहरूको सहजता, सुलभता तथा छिटो सेवा प्रवाहलाई मध्यनजर गर्दै अत्तरिया खानेपानी संस्थाले अब फोन गर्दा कुनै शुल्क नलाग्ने टोल–फ्री नम्बर ल्याएको संस्थाका महासचिव धर्म कुवरले बताए ।

उनले खानेपानी सम्बन्धी गुनासा , सुझाव , जानकारी वा सेवा सहजीकरणको लागि अब बिना शुल्क सजिलै सम्पर्क गर्न सकिने बताए ।



















