खाेज्नुहाेस

एनएमबी बैंक अत्तरिया शाखाद्धारा दुर्गालक्ष्मी स्कुललाई फर्निचर सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई फर्निचर सहयोग गरिएको छ । शुक्रबार एनएमबी बैंक शाखा कार्यालय अत्तरियाले विद्यालयलाई ५ लाख बराबरका फर्निचर सहयोग गरेको हो ।

सहयोग पश्चात बोल्दै बैंकका अत्तरिया शाखा प्रमुख गणेश प्रसाद जोशीले बैंकले राज्यलाई कर तिर्नु बाहेक समाजप्रति उत्तरदायित्व बोध पनि गर्नुपर्ने बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर र राष्ट्र बैंकले निर्धारण गरेको पोलिसि अनुसार सहयोग गरिएको बताए । कार्यक्रममा बोल्दै बैंकका सिनियर एरिया मेनेजर अमन जोशीले बैंकले विद्यालयलाई सहयोग गर्नु खुसीको कुरा भएको बताए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्यापनका लागि सहजता हुने विश्वास व्यक्त गरे ।

attariya hospital
navjiwan hospital

यस्तै विद्यालयका अध्यक्ष हरिदत्त भट्टराईले समाजका हरेक संस्थाहरुसँग समन्वय गर्दै दुर्गालक्ष्मीलाई अगाडी बढाउने कार्य गरिरहेको बताए । उनले केही समय अघि अत्तरियामा रहेको सर्वाेत्तम पेन्टस्, काठमाण्डौको एलआरआई स्कुल लगायतका संस्थाहरुले पनि विद्यालयलाई सहयोग गरेको बताए । उनले विद्यालयको वृहत्तर विकासका लागि अझै पनि विभिन्न सहयोगी संघसंस्थाहरुसँग सहकार्य गरिने बताए । विद्यालयलाई सहयोग गरेको भन्दै उनले एनएमबी बैंकलाई धन्यवाद समेत दिए । उनले आगामी दिनमा पनि विद्यालयमा अध्ययनरत नैतिकवान, अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नै बजेट विनियोजन गरिदिन आग्रह गरे ।

भिडियो