धनगढी – कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रमोद थारुलाई ७१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र ७ पिस नाइट्रोभेट ट्याबलेटसहित बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















