खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
file photo

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

navjiwan hospital

अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २ हजार ९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

attariya hospital

आज चाँदी पनि प्रतितोला ३५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ ।