बेलौरी – दोस्रो बेलौरी चिया ग्रुप कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी निसर्ग अस्पताल धनगढीले जितेको छ ।
आईतवार बेलौरी ब्याडमिन्टन हलमा भएको क्षेत्र नम्बर १ स्तरिय खुल्ला पुरुष डबल्सको फाईनल खेलमा केयर टेकर अस्पताल धनगढीलाई २-० ले पराजित गर्दै निसर्गले उपाधी जितेको हो।


निसर्गबाट बेलौरीका रजनिश भण्डारी, महेश प्रसाद भट्ट र केयर टेकरका पुष्कर सिंह बुडाल ,किरन विष्टले प्रतिस्पर्धा गरेका थिए । शनिबार बाट सुरु भएको प्रतियोगितामा २४ टिम सहभागी भएको चिया ग्रुपका महासचिव अशोक पाण्डेयले बताए । उनका अनुसार प्रत्येक टिमबाट २ हजार दर्ता शुल्क लिइएको थियो ।
बेलौरीलाई हरियाली बानाउन प्रतियोगिता आयोजना गरिएको महासचिव पाण्डेयले जानकारी दिए।
उपाधी हात पारेसङ्गै बिजेता निसर्ग हस्पिटलले ३५ हजार,उपबिजेता केयर टेकर हस्पिटलले २५ हजार र तेस्रो सुरेश -सिबु टिमले १५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात परेका छन ।
















