अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट सवार गाडी जरिवाना तिराएर छोडिएको छ । दुर्घटना पछि प्रहरी नियन्त्रणमा रहेको गाडीलाई मापसे गरेर सवारी चलाएको अभियोगमा पाँच सय रुपैयाँ तथा लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा थप पाँच सय रुपैयाँ गरी कुल एक हजार रुपैयाँ जरिवाना तिराएर छोडिएको हो ।

शनिवार राती मेयर भट्टले आफैले चलाएको स्कार्पियो गाडी मोहना अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका – १३ राजपुरमा दुर्घटनामा परेको थियो ।

नगरपालिकाको उक्त सरकारी गाडी सडक किनाराको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गाडीको अगाडीको भागमा सामान्य क्षति पुगेको थियो । प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाएपछि राती नै कैलाली गाउँ चौकीमा राखेको थियो ।


















