अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिवार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।
सोमबार बिहान २५ सय मत गणना सकिदा अध्यक्षमा राजेन्द्र खड्काले अग्रता लिइरहेका छन । सुरुदेखि अग्रता लिइरहेको खड्काले १०२४ मत पाएका छन । गणेश शाहले ६६१ मत सहित उनलाई पछ्याइरहेका छन् । त्यस्तै हर्क शाहले ४६९ मत ल्याएका छन् ।


अब २७५ मत गन्न बाकि रहदा अध्यक्षमा खड्काले प्रतिस्पर्धी भन्दा ३६३ मतले अग्रता लिएकाले जित भने सुनिश्चित भइसकेको छ ।
५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।
नोट : सोमबार बिहान ६ बजे अपडेट गरिएको



















