अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिवार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।


शनिवार राती देखि भएको मतगणना जारी रहँदा आइतबार बिहान ६ः१५ सम्ममा ५ सय मत गणना सकिएको छ । जसमा राजेन्द्र खड्का प्यानलले अग्रता लिइरहेको छ । अध्यक्षमा खड्काले २१० मत सहित अग्रता कायम राख्दा गणेश शाह ११५ मत सहित उनलाई पछ्याइरहेका छन् । त्यस्तै हर्क शाहले १ सय मत ल्याएका छन् ।
५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।


















