खाेज्नुहाेस

बच्चाहरूमा साँचो बोल्ने बानीको विकास गर्न के गर्ने ?

Image

काठमाडौँ – हिजोआज हरेक अभिभावक चाहन्छन् कि बच्चाले आफूसँग कहिल्यै झूट नबोलोस् । ठुला वा सानो सबै विवरणहरू सेयर गरून् । यद्यपि, बच्चाहरू डर वा हिचकिचाहटको कारण आफ्ना गल्ती वा समस्याहरू लुकाउँछन् । तर के तपाईंलाई थाहा छ, इमानदार र निडर बच्चाहरूलाई हुर्काउने साँचो तपाईंको आफ्नै व्यवहारमा छ ?

बच्चाहरूले घरमा सुरक्षित महसुस गर्छन् भने मात्र उनीहरूले सत्य बोल्ने साहस जुटाउन सक्ने मनोवैज्ञानिकहरू र न्यू एज प्यारेन्टिङ विशेषज्ञहरू विश्वास गर्छन् । आफ्नो बच्चासँग विश्वास बनाइराख्न केके गर्न सकिन्छ ? त्यसबारे यहाँ चर्चा गर्छौँ ।

attariya hospital

बच्चाहरूले जब जब गल्ती गर्छन् आमाबाबुले उनीहरूलाई अरूको अगाडि रिसाएर गाली गर्छन् वा उनीहरूको आत्मसम्मानमा चोट पु‍र्‍याउने शब्दहरू प्रयोग गर्छन् । जब तपाईं बच्चाहरूलाई अपमान गर्नुहुन्छ, तिनीहरू भविष्यमा आफ्ना गल्तीहरू भन्नबाट डराउँछन् । अपमानको डरले बच्चाहरू रक्षात्मक बनिदिन्छन्, जसले गर्दा उनीहरू झूट बोल्न बाध्य हुन्छन् । निडर बच्चा हुर्काउन हो भने केही गल्ती भइहाल्यो भने पनि उनीहरूलाई निचा देखाइनेछैन भन्ने कुरा बुझाउनु जरुरी छ ।

२. पूरै समर्थन दिने

navjiwan hospital

समर्थनको अर्थ तपाईंले उनीहरूको गल्तीहरूलाई प्रोत्साहन दिने होइन, यसको अर्थ तपाईं उनीहरूको साथमा उभिनुहुन्छ भन्ने हो । परिस्थिति जतिसुकै गम्भीर भए पनि तपाईं समाधान खोज्न मद्दत गर्नुहुनेछ भनेर आफ्नो बच्चालाई महसुस गराउनुहोस् । बच्चाहरूलाई अभिभावकको सहारा पाउँछन्, तिनीहरू कठिनभन्दा कठिन कुराहरू भन्न पनि हिच्किचाउँदैनन् । सहयोगी वातावरणमा हुर्केका बच्चाहरू मानसिक रूपमा बलियो र इमानदार हुन्छन् ।

३. सञ्चारको बाटो खुला राख्ने

सञ्चार भनेको दुई पुस्तालाई जोड्ने पुल हो । आधुनिक प्यारेन्टिङमा सञ्चारलाई सबैभन्दा माथि राखिन्छ । बच्चालाई ज्ञमन दिनुको साटो दुईतर्फी संवादमा संलग्न हुनुस् । दिनमा कम्तीमा १५–२० मिनेट उनीहरूको कुरा सुन्न छुट्याउनुहोस् । जब तपाईं साना कुराकानीहरू ध्यानपूर्वक सुन्नुहुन्छ, तब मात्र उनीहरूले ठुला मुद्दाहरू साझा गर्ने आत्मविश्वास प्राप्त गर्न सक्छन् ।

यो परिवर्तन किन आवश्यक छ ?

जब आमाबाबुले अपमान नगर्ने, समर्थन गर्ने र निरन्तर सञ्चार गर्ने गर्छन्, घरको वातावरण तनावमुक्त हुन्छ । बच्चाले तपाईंलाई केवल एक अथोरिटी होइन, तर एक जना साथी र मार्गदर्शकका रूपमा हेर्न थाल्छ । यो सुरक्षित ठाउँ हो, जहाँ बच्चाले सत्य बोल्न गर्व महसुस गर्छ ।

बच्चाको निडरता र इमानदारी घरमा उनीहरूले प्राप्त गर्ने स्वीकृतिको स्तरमा निर्भर गर्दछ । तपाईं बच्चाले आफूसँग कुराहरू लुकाउन बन्द गरोस् भन्ने चाहनुहुन्छ भने आजै आफ्नो अभिभावकत्व शैलीमा यी सरल तर प्रभावकारी परिवर्तनहरू समावेश गर्न सुरु गर्नुहोस् । थोरै धैर्यले उनीहरूको भविष्यलाई आकार दिन सक्छ ।