खाेज्नुहाेस

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर

Image

डडेल्धुरा – डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

navjiwan hospital

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र सदस्य डील्लीरत्न श्रेष्ठको इजलासले सामुदायिक वनको कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ हिनामिना प्रकरणमा दोषी ठहर गरेको हो ।

attariya hospital

अदालतले मडैलाई सामुदायिक वनको रकम हिनामिनामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो ।