काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला दुई हजार ७०० र चाँदी ५० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


















