
डडेल्धुरा – डडेल्धुरामा आगलागी हुँदा १ लाख ४३ हजारको क्षती भएक्ो छ । आलिताल गाउँपालिका – ६ मकवानपुरका खडक सिहं धामीको ढुङगा माटोले बनेको खरले छाएको कच्ची घरमा सिता पाइला सामुदायिक वनमा लागेको आगोबाट हावा हुरीका कारण आगलागी हुँदा उक्त क्षती भएको हो ।
आगलागीबाट खाद्यान्न, भाँडा वर्तन, काठ लगायतका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिबाट मानविय तथा चौपाया क्षति नभएको र उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
















