खाेज्नुहाेस

सुनचाँदीको मूल्य आज पनि घट्यो

Image

काठमाडौँ– स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला २ हजार २०० र चाँदी ७५ रुपैया ले घटेको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला २ लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको छ । बिहीबार छापावाल सुनको मुल्य प्रतितोला २ लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २० मा कारोबार भएको थियो ।

attariya hospital

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।