खाेज्नुहाेस

रातमा सुत्नुभन्दा अघि खानै नहुने ५ कुरा

Image

काठमाण्डौँ – दिनभरीको व्यस्तता या व्यस्त जीवनशैलीका कारण हामी धेरैको बानी राती अबेर सम्म बस्ने र ढीलो गरि खाना खाने बानी हुन्छ । दिनभरीको थकान, अल्छिका कारण कतिपयले रातीको समयमा खाना नखाने र खाए पनि बाहिरी खाना, जंक फुट जस्ता खानेकुरा खानेगरेको पाइन्छ ।

राति अबेर खाना खाने र सुत्ने बेलामा केही खाने बानी छ भने त्यो बानी आजैबाट हटाउन चिकित्सक सुझाउँछन् ।राति अबेर खाना खाने र सुतिहाल्ने, अस्वस्थकर, अव्यवस्थित जीवनशैलीका कारण निद्रा नलाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, हर्मोनकै गडबडी, मोटोपन, चिन्ता, निराशा जस्ता समस्या देखिन्छन्।

attariya hospital

यस्ता आदतले कतिपयलाई दीर्घकालीन रोगहरू पनि लाग्ने गरेको पाइन्छ ।

रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ ।

navjiwan hospital

मासु–मासु कुन समयमा खाने भन्ने विषयमा बेलाबखतमा चर्चा भइरहन्छ । तर विज्ञहरु भन्छन् सामुजन्य कुरा राति नखाँदा उत्तम। चिकित्सक भन्छन्, अधिकांश मानिसले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। राम्ररी पाचन हुन पाउँदैन । मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। सकभर बिहान र दिउँसो मासु खादा राम्रो हुन्छ ।

अत्याधिक चिल्लो, पिरो, चटपटा खानेकुरा–सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। यसले पेटमा असर पुयाउँछ । खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ। चिल्लो खानेकुराले कफ बढ्ने, अनिन्द्रा मोटोपना लगायत अन्य विभिन्न समस्या निम्त्याउँछ । अम्लिय खानेकुरामा एसिड हुन्छ, त्यसले रातको समयमा टाउकोमा जलन गराउछ र एसिडिटी हुन्छ । यो गहिरो निद्रामा असर पार्ने कारण बन्न सक्छ ।

चकलेट–चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुने भएको कारण चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले एकातिर दाँत बिगार्छ अर्कोतिर राति खाएको चकलेटले एसिडिटी बढाउँने भएकोले निद्राको समस्या निम्तन सक्ने भएको कारण राति चकलेट नखान भनिएको चिकित्सक बताउँछन् । धेरै प्रशोधित चिनी भएका खानेकुराहरु रातिमा खानुहुँदैन । यसले शरीरलाई सक्रिय राख्छ, जसका कारण निद्रा चाडो आउँदैन । यसले स्लिपिङ पार्टनरलाई पनि डिस्टर्ब गर्नुका साथै शरीरलाई पनि नोक्सानी पुर्‍याउँछ ।

चीजबाट बनेका खानेकुरा–सुत्नुभन्दा पहिले पिज्जा पार्टीको योजना गरिरहनुभएको छ भने अब यसबाट बच्नु जरुरी छ । यस्ता खानाहरु जसमा चीनको प्रयोग हुन्छ, त्यसलाई सुत्नु भन्दा पहिले नखानुहोस् । चीजमा अमिनो एसिड हुन्छ, जसले न्यूरोट्रान्समीटर रिलिज गर्छ । धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने भएकोले राति पास्ता, पिज्जा लगायतका खानेकुरा खानुहुँदैन ।

जुस, कफि–फ्रुट जुसमा एसिडिटी हुन्छ। कफिमा क्याफिन नामक तत्व । त्यसैले राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ । कफिले निन्द्रा भगाउँछ । यदी राति अत्याधिक पानी पिउनु भएमा घरीघरी पिसाबको लागि ब्यूझिनुपर्छ । यसो हुँदा शरीरले आनन्दको निन्द्रा लिन सक्दैन । त्यसमाथि राति पेटभरी पानी खाँदा उकुसमुकुस भई सुत्न समेत अप्ठेरो हुन्छ ।