खाेज्नुहाेस

व्हाट्सएपले ल्यायो एआई ब्याकग्राउन्ड सुविधा

Image

काठमाडौं – WhatsApp ले भिडियो कल अनुभवलाई अझ उन्नत र व्यक्तिगत बनाउन AI Genereted Background प्रयोग गर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्तालाई भिडियो कलका क्रममा आफ्नो पृष्ठभूमि परिवर्तन गर्न तथा एआईको सहयोगमा नयाँ Background सिर्जना गर्न सक्ने सुविधा प्रदान गर्छ ।

गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको यो सुविधा मार्फत प्रयोगकर्ताले Zoom वा Microsoft Teams जस्तै भिडियो कलमा ब्याकग्राउन्ड परिवर्तन गर्न सक्छन् । यसले गोपनीयता कायम राख्न, वास्तविक स्थान लुकाउन र वरिपरिको ध्यान भंग गर्ने तत्व हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यो सुविधा फिल्टर र अन्य क्रिएटिभ टुल्ससँगै थप गरिएको हो र Android तथा iOS दुवै प्रयोगकर्ताका लागि उपलब्ध छ । यसले विभिन्न स्मार्टफोन प्रयोगकर्तालाई सहज रूपमा प्रयोग गर्न सकिने वातावरण बनाएको छ ।

सुविधा प्रयोग गर्न प्रयोगकर्ताले भिडियो कल सुरु गरी वा चलिरहेको कलमा क्यामेरा बटन थिच्नुपर्ने हुन्छ । त्यसपछि “Call Effects” विकल्पमा गएर “Background” चयन गर्न सकिन्छ । त्यहाँ प्रयोगकर्ताले पहिले नै उपलब्ध ब्याकग्राउन्डमध्ये छनोट गर्न सक्छन् ।

साथै AI Generated ब्याकग्राउन्ड बनाउन “Create with AI” विकल्प प्रयोग गर्नुपर्छ । प्रयोगकर्ताले आफूले चाहेको दृश्यको विवरण लेखेपछि एआईले सोही अनुसार तस्बिर तयार गर्छ, जसलाई चयन गर्न वा पुन: नयाँ बनाउन “Regenerate” विकल्प प्रयोग गर्न सकिन्छ ।

यसका साथै भिडियो कलका क्रममा “Remove Background” विकल्पमार्फत हालको ब्याकग्राउन्ड हटाएर नयाँ सेट गर्न सकिन्छ । सबै इफेक्ट हटाउन चाहिँ “Remove All Effects” विकल्प प्रयोग गरी कललाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।