खाेज्नुहाेस

१० विषयगत संसदीय समितिका सभापति निर्विरोध

Image

काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध भएका छन् । समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् ।

समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । त्यो समयमा ११ समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन् ।

attariya hospital

प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते (भोलि)का लागि तोकेका थिए ।

सबै समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले भोलि बस्ने समितिका बैठकले निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी हुने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सहज बहुमत छ । उसका १८२ सांसद छन् र सबै समितिमा उसका बहुमत सांसद् छन् ।

रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधि सभाका ९ र संयुक्त २ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने र सार्वजनिक लेखका समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।

रास्वपाबाट निर्विरोध भएका समिति सभापतिहरू

समीक्षा बाँस्कोटा – कानुन, न्याय तथा मानवअधिकार समिति

navjiwan hospital

अशोककुमार चौधरी – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

आशिष गजुरेल – पूर्वाधार विकास समिति

आकृति अवस्थी – महिला तथा सामाजिक मामिला समिति

हरि ढकाल – राज्य व्यवस्था तथा सुशासन समिति

रहबर अन्सारी – उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

कृष्णहरि बुढाथोकी – अर्थ समिति

कांग्रेसबाट निर्विरोध

भरतबहादुर खड्का – सार्वजनिक लेखा समिति