खाेज्नुहाेस

सुदूरपश्चिम पीएम कपको फाइनलमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम) कपको फाइनमा पुगेको छ । सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ खेलमा जित र एक खेलमा बराबर अंक बाड्दै १५ अंक सहित शिर्ष स्थानमा छ । दुई टोलीबीच शुक्रबार उपाधि भिडन्त हुनेछ ।

आर्मीले सोमबार कोशीलाई हराएर शीर्ष स्थान पक्का गर्दा मधेश प्रदेश पराजित भएपछि सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ । सोमबार वीरगञ्जमा घरेलु टोली मधेशलाई सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ७४ रनले हराएको थियो ।

attariya hospital
navjiwan hospital

एपिएफले दिएको ३९१ रनको विशाल लक्ष्य पछ्याएको मधेशले ८ विकेटको क्षतिमा ३१६ रन बनायो । उसका लागि अरनिको यादवले ७३ बलमा ८६ रन र आदिल अन्सारीले ४३ बलमा ८७ रन जोडे पनि पर्याप्त हुन सकेन ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ओपनिङ ब्याटर आसिफ शेखको दोहोरो शतकको मद्दतमा किर्तिमानी ३९० रन बनाएको थियो ।

प्रधानमन्त्री कपमा आसिफ दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन । उनले २०८ रन बनाए । रिटायर्ड हट भएका आसिफले १४२ बल खेलेर १५ चौका र १७ छक्का प्रहार गरे । उनी प्रधानमन्त्री कपमा दोहोरो शतक, एकै खेलमा सर्वाधिक रन, सर्वाधिक छक्कासहितका कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।