काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई कारबाही गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिखेल भावना अनुरूप व्यवहार नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको क्यानले जनाएको छ ।

कारबाहीस्वरुप क्यानले करणलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउँदै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ ।
शनिबार नेपाल क्रिकेट अम्पायर तथा स्कोरर्स संघ कुसानले करणको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेको थियो ।



















