खाेज्नुहाेस

नयाँ बन्न लागेका मन्त्रीहरुको शपथ आजै

Image

काठमाडौं– शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

navjiwan hospital

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ । यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले बिहिबार पदमुक्त गरेका थिए ।

attariya hospital

उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।