खाेज्नुहाेस

दुई इन्जिनियर घुससहित पक्राउ

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एकैदिन दुई इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा र नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) घुससहित पक्राउ परेका हुन्।

navjiwan hospital

भवन निर्माण आयोजना धनकुटामा कार्यरत ईन्जिनियर ३१ वर्षीय सुमन राई सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई भुक्तानीसम्बन्धी सहजीकरण गरिदिने नाममा घुस लिएपछि ललितपुर महानगरपालिका ३ बाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

attariya hospital

यसैगरी, प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रका प्रमुख ३५ वर्षीय महेन्द्र कुमार दास एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।