खाेज्नुहाेस

आईपीएल २०२६ : मुम्बईको विजयी सुरुआत

Image

काठमाडौं – पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ ।

आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

attariya hospital

मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।

navjiwan hospital

मुम्बईको जितमा रायन रिकेल्टनले सर्वाधिक ८१ रन बनाए । ४ बल खेलेका रिकेल्टनले चार चौका र आठ छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति ओपनर रोहित शर्मासँग १४८ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर रोहित शर्माले ७८ रनको अर्धशतकीय पारी खेले । रोहितले ३८ बलमा समान ६ चौका र छक्का प्रहार गरे । तिलक वर्माले २०, सुर्यकुमार यादवले १६ र हार्दिक पण्ड्याले १८ रन जोडे ।

कोलकाताका वैभव अरोरा, सुनिल नराइन र कार्तिक त्यागीले समान एक विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको कोलकाता नाईट राइडर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२० रनको योगफल खडा गरेको थियो ।

कोलकाताका निम्ति अजिंके राहानेले ६७ को अर्धकशतकीय इनिङ खेले । ४० बल खेलेका राहानेले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए । उनले पहिलो विकेटको निम्ति ओपनर फिन एलनसँग ६९ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका अंक्रिस रघुवंशीले पनि ५१ रनको अर्धशतकीय पारी खेले । रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यी दुईले १३ं.३ ओभरदेखि १८.३ ओभरसम्म साझेदारी गर्दै ६० रन जोडेका थिए ।