खाेज्नुहाेस

लिस्ट दिएको भनेका मनुले फेरे बोली, भने ‘आलेले च्याट हिस्ट्री देखाएका हुन’ 

Image
अत्तरिया – कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेका नरनारायण शाह ‘मनु’ अहिले आफ्नो एक विवादित अभिव्यक्तिमा बोली फेरेका छन् । यसअघि अन्तरवार्ताका क्रममा उनले आलेले आफूलाई लिस्ट नै दिएको बताएका थिए ।
attariya hospital
‘एउटा गजबको कुरा के छ भने जो चुनाव पराजित हुनु भएको थियो, तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले उक्त विवादित  बनेको अभिव्यक्तिमा भनेका छन् ‘तपाईँप्रति मेरो सद्भाव छ, सुवेक्षा सधैँ रहिरहने छ । तपाइका यी यी मान्छेले म सँग चाहिँ थोराभैत आर्थिक सहयोग लिएका हुन । तपाई आइन्दा यी मान्छेबाट सतर्क रहनुहोला । त्यसमा गजबको कुरा के छ भने ५७ जना मान्छेहरू जुन जिम्मेवार पदहरूमा रहेका छन् ।’
navjiwan hospital
सोमबार सामाजिक सञ्जालमा उनले दिएको स्पष्टीकरणमा भने उनले आलेले च्याट हिस्ट्री देखाएको बताएका छन् । उनले लेखेका छन् ‘कुरैकुरामा यहाँले मलाई तपाइका पार्टीका केही नेताहरूले मलाई सहयोग गरेका थिए र कहिले त आर्थिक सहयोग समेत पनि प्राप्त गरेको कुरा सुनाउनुको साथै मलाई आफ्नो मोबाइलमा रहेको च्याट हिस्ट्री समेत देखाएको यहाँलाई पुनः स्मरण गराउन चाहन्छु । तर यहाँले मलाई त्यसको विवरण पठाइदिन्छु भन्दा मैले मलाई अहिले आवश्यक नरहेको भनेकै पनि थिए । त्यसै कारणले मसँग त्यस्तो कुनै ठोस प्रमाण छैन पनि ।’
उनले आफूले सत्य कुरा बोल्नुपर्दा केही अप्रिय कुरा भन्नु परेकै बताएका छन् । उनले लेखेका छन् ‘यहाँ मैले कुनै खराब नियतले तपाईँको बदनामी गर्न अथवा चरित्र हत्या गर्न खोजेको होइन अथवा भ्रम छरेर समाज भाँड्ने प्रयास पनि गरेको होइन । यस किसिमका क्रियाकलाप म बाट न कहिले भएका थिए न हुनेछन् । त्यसका बाबजुद यहाँलाई म बाट नै केही कमी कमजोरी भएको महसुस हुन्छ भने त्यसका प्रति म स्वयं पनि जिम्मेवार बनेको छु । साथै, अन्तिममा समयले बिस्तारै सबै प्रस्ट्याउने छ भन्नेमा म पूर्णतः विश्वस्त छु । यसलाई अन्यथा कसैले नलिइदिनु होला भन्ने आग्रहका साथ, जय नेपाल !!’