बझाङ – बझाङको चैनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । मस्टा गाउँपालिका–३ भातेखोला ढडार घर भएकी अन्दाजी १६–१७ वर्षीया अस्मिता धामी मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिपक बिष्टका अनुसार धामी आइतबार बिहान चैनपुरको रिङरोड क्षेत्रमा रहेको घरभित्र आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । उनी केही समयदेखि उक्त स्थानमा बस्दै आएकी थिइन् ।

स्थानीयले बिहान ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी कोठाभित्र मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारणबारे स्पष्ट हुने बताइएको छ ।

















