
धनगढी– नेपाली क्रिकेट टोलीका दुई खेलाडीलाई सम्मान गरिएको छ । धनगढीमा रहेको एसपिए कलेजले भारतको मुम्बईमा जारी आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपालका तर्फबाट खेलेका लोकेश बम र शेर मल्ललाई सम्मान गरेको हो ।
एसपीए कलेजका विद्यार्थीसमेत रहेका बम तथा ब्रान्ड एम्बेस्डर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित एसपीए सम्मान प्रदान गरेको थियो । कलेजको २७औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक समारोहकाबीच दुबै खेलाडीलाई सम्मान गरिएको हो ।



















