खाेज्नुहाेस

गोदावरी– ८ मा रहेको समैजी माविको २ कोठे भवन शिलान्यास

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ मजगाउँमा रहेको समैजी माविको २ कोठे पक्की भवन निर्माणको काम सुरु भएको छ । बिहिबारदेखी विद्यालयमा नयाँ निर्माण हुने २ कोठे पक्की भवनको काम सुरु भएको हो ।

भवनको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका छन । विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएपछि विद्यालयकी प्रधानाध्यापक बिन्दु बलायरले खुसी व्यक्त गरिन । उनले नगरप्रमुख भट्टको पहलमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको बताईन ।

attariya hospital
navjiwan hospital

उनका अनुसार विद्यायमा २ कोठे भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैया विनियोजन गरेको छ । उनले भवनको निर्माण भएपछि विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि सहज हुने आशा राखेको बताईन । उनले आगामी दिनमा पनि तीनै तहका सरकारबाट विद्यालयका विभिन्न पक्षहरुमा सहयोग र सहकार्य रहने विस्वास लिएको बताईन । सो भवन निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैया सहयोग गरेको उनको भनाई छ ।

भवनको शिलान्यास पश्चात बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले विद्यालयमा विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै २ कोठे भवन निर्माण गर्न थालिएको बताए । उनले विद्यालयको अवस्थाका बारेमा सामाजिक विकास मन्त्रीसँगको अनुरोधमा बजेट विनियोजन भएको बताए । त्यसबाहेक समैजी माविमा पानी ट्यांकी र धारा जडान गरिएको उनले बताए ।

नविल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुको सहजताका लागि विद्यालयमा खानेपानीको धारा र ट्यांकी जडान गरिएको उनको भनाई छ । उनले नगरमा वास्तवमै महिला प्रधानाध्यापकहरुले राम्रो काम गरिरहेको बताए । ‘नगरमा रहेका सामुदायिक विद्यालयहरुमध्ये १५ वटा विद्यालयमा महिला प्रधानाध्यापकहरु छन, सबैले विद्यालयहरुमा राम्रो अध्यास गरिरहेको अवस्था समेत छ’ उनले भने ‘समैजी माविले पठनपाठन मात्रै नभई अन्य विभिन्न क्रियाकलापहरु पनि राम्ररी सञ्चालन गरिरहेको छ, राम्रो कार्य गर्नेलाई प्रोत्साहन गर्नु नगरपालिकाको कर्तव्य हो ।’

उनले सबैलाई राम्रो गर्न अनुरोध गर्ने तर जसले राम्रो गर्छ त्यसलाई प्रोत्साहन गर्ने काम नगरपालिकाले गर्ने बताए । प्रदेश सरकारले नै टेण्डर आह्वान गरेको सो भवनको निर्माण कार्य करिब २ महिना भित्रै सम्पन्न हुने बताईएको छ ।