खाेज्नुहाेस

साम्बाको उपचारका लागि एकै दिनमा जुट्यो ७० लाख

Image

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि अहिलेसम्म ६९ लाख ९८ हजार ९२१ रुपैयाँ ९४ पैसा जम्मा भएको छ। साम्बाका लागि विदेशबाट ४८ हजार १६३ डलर उठेको छ। साम्बाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै उपचारका लागि सहयोग मागेकी थिइन्।

navjiwan hospital

पछिल्लो सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बाले अब कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गर्ने बताएकी छन्। यसअघि पनि घुँडामा गम्भीर चोट बोकेपछि उनको उपाचार कतारको अस्पेटारमा नै भएको थियो।

attariya hospital

त्यतिवेला एन्फाका तत्कालिक अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले कतार फुटबल संघसँग विशेष पहल गरेर उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो। तर यस पटक एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पटकपटक आश्वासन दिए पनि अन्तिममा नसक्ने बताएपछि साम्बाले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोग माग्नुपर्ने अवस्थामा पुगेकी थिइन्।

साम्बाको उपचारका लागि नेपालबाट पनि सहयोग उठ्ने क्रम जारी छ। साम्बाका लागि एक्स्ट्रिम इनर्जीले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ। साम्बाको उपचारका लागि व्यक्तिगत रुपमा पनि सहयोग उठिरहेको छ।