खाेज्नुहाेस

खप्तड विद्या निकेतनले मनायो वार्षिकोत्सव

Image

अत्तरिया– कैलालीको गोदावरी– ३ मा रहेको खप्तड विद्या निकेतनले वार्षिकोत्सव मनाएको छ । बुधबार विद्यालयले औपचारीक कार्यक्रमको आयोजना गर्दै २२औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालयका संञ्चालक श्याम खत्रीको सभापतित्वमा मनाईएको कार्यक्रमका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर रहेका थिए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थियो । विद्यार्थीहरुले कार्यक्रममा आफ्ना विभिन्न प्रस्तुतीहरु राखेका थिए । विद्यालयले कार्यक्रममा विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

विद्यालयका सञ्चालक खत्रीका अनुसार लामो समयदेखी कृषि क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई कृषि सेवा सम्मान, शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई शिक्षा सेवा सम्मान सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । त्यसबाहेक विद्यालयले असल अभिभावकत्व निर्वाह गरेका अभिभावकलाई पनि सम्मानित गरेको खत्रीले बताए ।

कक्षा १० सम्म अध्यापन गरिने सो विद्यालयका करिब एक हजार हाराहारी विद्यार्थी रहेका छन । विद्यालयले कार्यक्रममा विभिन्न खेलकुद तथा अन्य गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरेको थियो । कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक भुवन भट्टले गरेका थिए ।