खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर एक युवाको मृत्यु

Image

धनगढी – कैलालीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

navjiwan hospital

कैलारी गाउँपालिका–६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर धनगढी उपमहानगरपालिका–१९ फुलवारीका २० वर्षीय बिमल चौधरी मृत्यु भएको हो ।

attariya hospital

शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।