खाेज्नुहाेस

गोदावरी– ३ मा रहेको खप्तड विद्या निकेतनमा खेलकुद सप्ताह सुरु

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको खप्तड विद्या निकेतनमा वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । बुधबारबाट विद्यालयको २२औ वार्षिक खेलकुद सप्ताह सुरु भएको हो ।

navjiwan hospital

सप्ताहको विद्यालयका सञ्चालक श्याम खत्रीले उद्घाटन गरे । विद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद सप्ताह यस वर्ष पनि सुरु गरिएको खेलकुद सप्ताहका संयोजक भुवन भट्टले बताए । उनले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा बाहिर ल्याउनका लागि विद्यालयले खेलकुद सप्ताह आयोजना गर्दै आईरहेको बताए ।

attariya hospital

‘विद्यार्थीहरुमा भएका अन्तरनिहित क्षमताहरु प्रस्फुटित गर्न र नयाँ खेलाडीहरु जन्माउनका लागि हामीले यो सप्ताह सुरु गरेका हौ’ उनले भने ‘हाम्रो उद्देश्य विद्यार्थीहरुलाई पढाईमा मात्रै सिमित राख्नु हैन, उनिहरुमा भएका खेलसम्बन्धीका प्रतिभाहरु उजागर गर्नु पनि हो ।’ उनका अनुसार पुर्व प्राथमिक, आधारभुत र मावि तहका विद्यार्थीहरुलाई समेट्ने गरेर विद्यायले सप्ताहमा २५ विधामा खेलहरु खेलाउने छ । उनले विद्यार्थीहरुको अध्यापन गर्ने कोर्षमा रहेका खेलहरु समेत खेलकुद सप्ताहमा खेलाईने बताए ।

एक हप्ता सम्म सञ्चालन हुने सप्ताहका खेलहरुमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पुरस्कृत पनि गरिने संयोजक भट्टले बताए । उनले खेलकुद सप्ताहबाट दक्ष खेलाडी उत्पादन गर्न सक्ने कुरामा आफूले विस्वास लिएको बताए । खेलकुद सप्ताहको उद्घाटन समारोहमा विद्यार्थीहरुको मार्च पास र म्युजिकल ड्रिल पनि देखाईएको थियो ।